KhabarUjyalo

बालेन्द्रलाई महेश बस्नेतको चेतावनी – ‘तिम्रा समर्थकसँग हजारौँपटक जुध्न तयार छु’

११ भाद्र २०७९, शनिबार
बालेन्द्रलाई महेश बस्नेतको चेतावनी – ‘तिम्रा समर्थकसँग हजारौँपटक जुध्न तयार छु’

काठमाण्डाै – नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुन: चेतावनी दिनुभएको छ । मेयर साहले काठमाण्डौको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गर्नुभएको थियो ।

उहाँले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालबाटै पटक-पटक मेयर साहको आलोचना गर्नुभएको छ । 

शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति आक्राेस पोख्नुभएको छ । उहाँले बालेन्द्र र उहाँका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिनुभएको छ । 

भक्तपुरमा भएको कार्यक्रममा नेता बस्नेतले भन्नुभयो, ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला । वर्षौंदेखि मेहनत गरेर, दु:ख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्याैली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।’ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo