KhabarUjyalo

बालेनलाई रामकुमारी झाँक्रीको पनि साथ: मलाई जस्तो दलीय दवाव हुँदैन तपाईं अघि बढ्नुस् !

१० भाद्र २०७९, शुक्रबार
बालेनलाई रामकुमारी झाँक्रीको पनि साथ: मलाई जस्तो दलीय दवाव  हुँदैन तपाईं अघि बढ्नुस् !

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् । शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्‍यो ।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छिन् ।

पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् । ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन ।’ नेता झाँक्रीले इमा्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै लेखेकी छिन्, ‘म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस् ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo