नेकपा एमालेका सांसद महेश बस्नेतले फेसबुकमा गाली गर्ने (कमेन्ट गर्ने) केहीलाई सुधार गृहमा लैजाने अभियान चलाउने बताएका छन्। काठमाडौंको तीनकुनेमा रहेको ग्ल्यासियर कलेजले शुक्रबार बिहान गरेको कार्यक्रममा बोल्दै बस्नेतले फेसबुकमा गाली गर्नेलाई सुधार गृहमा लैजाने पनि बताए।
‘२-४ जना फेसबुके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न। उनीहरूलाई सुधार गृहमा लैजाने हो। निराश हुनुपर्दैन,’ उनले भने, ‘२-४ जना ट्यापेहरूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन।’
बस्नेतले काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै ‘घरका नक्सा हेर्ने भूत सवार भएछ’ भन्ने टिप्पणी बिहीबार बेलुकी गरेका थिए। भत्काउने र ध्वंश गरेर हिरो बन्छु भन्ने तपाईंलाई लागेको होला भन्दै उनले बालेनप्रति टिप्पणी गरेका थिए।
काठमाडौं महानगरले बिहीबार बानेश्वरस्थित अल्फाबिटाको संरचना भत्काएको थियो।
