KhabarUjyalo

नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड

८ भाद्र २०७९, बुधबार
नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन्। चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। 

‘आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मुल सार हो,’ प्रचण्डले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही हुँदैन्।’

अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि पुनः राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि जान उनले बताए। ‘यसलाई जुन किसिमले प्रचार गरिएको छ, गलत ढंगल र गलत उद्धेश्यले प्रचार गरिएको छ।’ प्रचण्डले भने। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo