KhabarUjyalo

पार्टीका अग्रज नेताको अपमान गर्ने प्रवृत्तिप्रति महामन्त्री शर्माले आपत्ति !

७ भाद्र २०७९, मंगलवार
पार्टीका अग्रज नेताको अपमान गर्ने प्रवृत्तिप्रति महामन्त्री शर्माले आपत्ति !

काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमा लेखेका छन् :

विश्वप्रकाश शर्मा (या अन्य कोही नेतृत्व) को समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर पार्टीकै (या अन्य पार्टीकै पनि) कोही अग्रज (या कसैलाई पनि) होच्याउने गरि टिप्पणी गर्ने प्रवृत्ति सुसंस्कृत चरित्र होइन ।

झापाका एक पढेलेखेका युवा (नाम उल्लेख नगरौं, जिल्लाका साथीहरूले बुझिहाल्नु हुन्छ) ले पार्टीका केही अग्रजका बारे बेलाबेला अप्रीतिकर ढंगको टिप्पणी गर्ने तर विश्वप्रकाशको पक्षधरता प्रकट गर्ने, विषयलाई मैले सकारात्मक रूपमा ग्रहण गर्न सकेको छैन । त्यस्तो प्रवृत्ति नराख्न बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदापनी रुपान्तरण नभएको स्थिति दृस्टिगत गरेर यो पोस्ट गर्न बाध्य भएको छु ।

कसैले मेरो आलोचना गर्न चाहँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका कारण म त्यसलाई स्वागत गर्दछु । तर, मेरो निकट रहेको कसैले पनि अरु कसैलाई स्वस्थ आलोचनाभन्दा पर नकारात्मक टिप्पणी गर्दा म त्यसलाई ठाडै अस्वीकार गर्दछु । यो आचारसंहितामा म दृढ छु, यो अनुशासन पालना नगर्ने व्यक्तिलाई निकटताबाट बिदाइ गर्नु मेरो नियमित दायित्व हुन्छ ।

(ती युवा गतबर्षको मंसिर यता कुनै निकट जिम्मेवारीमा नरहेको समेत प्रस्ट्याउँदछु)

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo