KhabarUjyalo

कांग्रेसका दिवंगत नेता गिरीको अन्तिम बिदाई

५ भाद्र २०७९, आईतवार
कांग्रेसका दिवंगत नेता गिरीको अन्तिम बिदाई

काठमाडौँ — नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट हिँडाइएको छ। गिरिको पार्थिव शरीरलाई आइतबार ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो। शनिबार राति साढे ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।

आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय नेताहरु सहित विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु सानेपा पुगेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरु पनि गिरिको शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगेका थिए। श्रद्धाञ्जली कार्यक्रम सकिएसँगै उनको शव अहिले पशुपतितर्फ लगिदैंछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo