काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको पार्थिव शरीरमाथि पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । गिरिको शवलाई कांग्रेस पार्टी मुख्यालय सानेपामा राखिएको छ ।गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुगेका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कांग्रेस मुख्यालयमा पुगेर गिरिलाई श्रद्धाञ्जली दिएका छन् ।
