KhabarUjyalo

गुल्मी –२ मा एमालेको विरासत तोडेर देखाउँछु : रामकुमारी झाँक्री

५ भाद्र २०७९, आईतवार
गुल्मी –२ मा एमालेको विरासत तोडेर देखाउँछु : रामकुमारी झाँक्री

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्वर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने उद्घोष गरेकी छन् ।

आईतबार सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई गुल्मीको सदरमुकाम तम्घासमा प्रशिक्षण बोल्दै आगामी निर्वाचनमा एकालेको विरासत आफुले तोडेर देखाउने उद्घोष गरेकी हुन् ।

उनले कार्यकर्ताहरुलाई भनिन – ‘गुल्मी क्षेत्र नम्वर – २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन नजिकिदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

उनले गुल्मी क्षेत्र नम्वर–२ का नेताहरुको नाम नलिई थपिन– ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपछि सुरु भएको छ । उनिहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भएए । अब जताले अबविकल्प खोजेका छन् । र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo