KhabarUjyalo

प्रतिनिधिसभाबाट नागरिकता विधेयक हुबहु पारित

२ भाद्र २०७९, बिहीबार
प्रतिनिधिसभाबाट नागरिकता विधेयक हुबहु पारित

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो।

प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएराए । मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५ सांसद बैठकमा उपस्थित भएका थिए ।

प्रतिपक्षी नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनमा मतदानका लागि जानकारी गराएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo