KhabarUjyalo

संसदमा भीम रावलको कविता: ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ’

२ भाद्र २०७९, बिहीबार
संसदमा भीम रावलको कविता: ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ’

काठमाडौँ — एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् । रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि रावलले कविता सुनाएका छन् ।

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ ।नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए । राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo