KhabarUjyalo

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्नुस् : देउवा

३० श्रावण २०७९, सोमबार
आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्नुस् : देउवा

काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् । सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन् ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् । उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए। उनले गठबन्धन छदैछ त्यसैले निर्वाचन जितिन्छ, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरे । उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन । जनताको विश्वास लिन जनतामाझ जानुहोस् । जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए। उनले सिंहदरबारको अधिकार गाउँमा पुगि नसकेको बताए। देउवाले भने, ‘सिंहदरबार गाउँमा लिएर आयौं भन्छौं तर जनताले हामीले केहि पाएनौं भन्न थालिसकेका छन् ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo