KhabarUjyalo

ओलीजी चिन्ता नलिनुस् तपाईको उपचार कांग्रेसले चन्दा उठाएर गर्छ- कांग्रेस नेता खतिवडा

३० श्रावण २०७९, सोमबार
ओलीजी चिन्ता नलिनुस् तपाईको उपचार कांग्रेसले चन्दा उठाएर गर्छ- कांग्रेस नेता खतिवडा

काठमाडौं – पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यलाई सम्पुर्ण सम्पत्ति दान गर्दा अब आफूसँग उपचार गर्ने पैसासमेत नरहेको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले जवाफ फर्काएका छन् । नेता खतिवडाले एमालेका अध्यक्ष ओलीको उपचार कांग्रेसले चन्दा उठाएरै भए पनि गर्ने व्यंग्य गरेका छन् ।

आइतबार बेलुका ट्वीट गरेर नेता खतिवडाले ओलीको स्वास्थ्य सधैं राम्रो होसभन्दै उपचार गर्न पैसा नभए कांग्रेसले चन्दा उठाएर भए पनि उपचार गर्ने बताए ।

नेता खतिवडाले ओलीलाई उपचारप्रति चिन्ता नलिन आग्रह गर्दै यदि उपचार खर्च नपुगेमा कांग्रेसले चन्दा उठाएर उपचार गर्ने घोषणासमेत गरे ।

‘केपी ओलीलाई उपचार गर्न पैसा छैन रे ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘यति, ओम्नि, वाइडबडी, सेक्युरिटी प्रेसले के हुन्छ रु’

‘सरकारले उपचारको व्यावस्था गर्ला, नत्र कांग्रेसले चन्दा उठाएर उपचार गर्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘तर वहाँको स्वस्थ्य सधैं राम्रो होस् ।’

उक्त कार्यक्रममा ओलीले आफू र आफ्नी श्रीमतीको नाममा रहेको सबै सम्पत्ती राज्यलाई बुझाएको भन्दै उनले अब आफूसँग उपचार गर्ने पैसासमेत नरहेको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo