KhabarUjyalo

प्रधानमन्त्री र मन्त्रीहरु बस्ने काठमाण्डाैकाे बिजाेग देख्दा श्रमदान गर्न मन लाग्याे : हर्क साम्पाङ

२९ श्रावण २०७९, आईतवार
प्रधानमन्त्री र मन्त्रीहरु बस्ने काठमाण्डाैकाे बिजाेग देख्दा श्रमदान गर्न मन लाग्याे : हर्क साम्पाङ

काठमाण्डाै – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाण्डाै सहरकाे बिजाेग देख्दा श्रमदान गर्न मन लागेकाे बताउनु भएकाे छ । 

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाण्डाै आएका राईले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनु भएकाे हाे ।

उहाँले काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागेकाे बताउनु भएकाे छ । 

उहाँले लेख्नुभएकाे छ’, काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्याे ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo