KhabarUjyalo

घरजग्गा राज्यलाई दान गरिसके, बिरामी भएँ भने उपचार गराउने पैसा छैन: ओली

२९ श्रावण २०७९, आईतवार
घरजग्गा राज्यलाई दान गरिसके, बिरामी भएँ भने उपचार गराउने पैसा छैन: ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेकोले उपचार खर्च नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको उल्लेख गरे ।

आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ ।

आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले सुनाए ।

‘आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । ‘तपाईंहरुले उपचार गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo