KhabarUjyalo

सरकारी उद्योग, कलकारखाना बन्द गराउनेको हिसाबकिताब हुन्छ : रवि लामिछाने

२७ श्रावण २०७९, शुक्रबार
सरकारी उद्योग, कलकारखाना बन्द गराउनेको हिसाबकिताब हुन्छ : रवि लामिछाने

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउनेको अब हिसाबकिताब हुने बताएका छन् । शुक्रबार बागमती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

 ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनको नट बिग्रिन्छन् र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ, सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ ।’ 
 
उनले धनाढ्यको छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने सर्वसाधारणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने ? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने ? भन्दै प्रश्न गरे । उनले यस्तै समस्या समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको उनले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo