काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा दलहरु एक्ला एक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गर्नुभएको छ ।
बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उहाँ भन्नुभयो, ‘एक्ला एक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा गर्नुभएको सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’
