KhabarUjyalo

चीनले नेपाललाई १५ अर्ब बढी सहयोग गर्ने

२६ श्रावण २०७९, बिहीबार
चीनले नेपाललाई १५ अर्ब बढी सहयोग गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ ।

भेटका क्रममा रसुवागढी–केरुङ सीमापार रेलमार्ग विस्तारलगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको हो ।चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।भेटवार्तामा नेपाल–चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको थियो।

वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने जनाएको मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री खड्काले देशका विभिन्न भागमा विपद् र प्राकृतिक प्रकोपबाट पीडित जनताका लागि सहयोगका लागि आग्रह गरेका थिए ।

५ करोडभन्दा बढी रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा विदेशमन्त्री वाङले गरेका छन् । त्यसैगरी चीनले नेपाललाई ३ करोड ७८ लाखभन्दा बढी रुपैयाँ बराबरको बेग्लै चिकित्सकीय सामग्री उपलब्ध गराउने समेत जनाएको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo