KhabarUjyalo

बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ छोड्न तयार

२६ श्रावण २०७९, बिहीबार
बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ छोड्न तयार

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव नलड्ने संकेत गरेका छन्।

बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफ्नो भित्री चाहना गोरखाबाट चुनाव नलड्ने भएको बताए । ‘मेरो भित्री चाहना गोरखा-२ बाट चुनाव नलड्ने छ,’ भट्टराईले भने, ‘ कोही युवालाई अवसर दिने चाहना छ ।’

मनले खाएको उम्मेदवार पाए मात्रै आफू गोरखाबाट नउठ्ने उनले बताए । आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धन बनिसकेको छ। अर्कोतिर एमाले एक्लै चुनावी मैदानमा छ। एमाले पनि गठबन्धनको कसरतमा छ।

तर भट्टराई कुनै गठबन्धनमा पनि छैनन् । मंगलबार (२४ साउन) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै उनले आफूहरु अहिले गठबन्धननै रहेको भट्टराईले बताएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo