KhabarUjyalo

डा. आरजु देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने

२३ श्रावण २०७९, सोमबार
डा. आरजु देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने

धनगढीः नेपाली काँग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने चर्चा छ। राणा कैलाली ५ बाट चुनाव लड्ने लगभग निश्चित भएको काँग्रेसका नेताहरुले बताएका छन्। यस्तै कैलाली काँग्रेस निकट स्रोतले पनि आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने निश्चित भएको बताएको छ।

०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का नारदमुनी रानासंग उनी ४ हजार ८८० मतान्तरले पराजित भएकी थिइन। पराजित भएपछि उनले उक्त निर्वाचन क्षत्रमा विभिन्न सामाजिक कामहरु गर्दै आएकी छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo