KhabarUjyalo

रवि लामिछानेलाई लक्षित गरि ओलिले भने, ‘एउटा पत्रकार नेता हुँ भनेर कुदेको छ’

२२ श्रावण २०७९, आईतवार
रवि लामिछानेलाई लक्षित गरि ओलिले भने, ‘एउटा पत्रकार नेता हुँ भनेर कुदेको छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नेताहरूलाई लक्षित गर्दै उनले भाँड्ने काम भइरहेको बताएका हुन्। नेताहरूमाथि प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँदै उनले असन्तुष्टि व्यक्त गरे। ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गरि देश भाडन आएको बताए ।

‘अहिले त एउटा पत्रकार नचाहिने-नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ,’ उनले भने,‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ। सबलाई चोर भनेको छ। अलिकति शरम हुनुपर्दैन ?’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo