काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा प्रवेश गराउने सहमति भएको चर्चा भैरहेका बेला मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबिच भेटवार्ता भएको छ ।
हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे हो । एमाले नेता शेर बहादुर तामाङले एक टेलिभिजन अन्तर्वार्तामा मेयर बालेनलाई महामन्त्री थापाले पार्टीमा प्रवेश गराउने सहमति भएको खुलासा गरेका थिए । तर बुधबारको भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे महामन्त्री गगन थापाले सामाजिक संजालमा जानकारी गराएका थिए ।
काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ ।