काठमाडौं । निवर्तमान शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खुलेरै प्रशंसा गरेकी छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रधानमन्त्री देउवाको प्रशंसा गरेकी हुन् ।
उनले सो टेलिभिजन अन्तर्वार्ता भनिन्न; “बोल्ने मान्छेले गल्ती कम गर्छ । तर नबोल्ने मान्छेले विचार गर्दैन भन्ने चाहि होइन । यो काम यसरी गर्ने हो, यस्तो हो भनेर प्रधानमन्त्रीलाई बुझायो भने यस्तो सजिलो छ काम गर्न । तर उहाँलाई बुझाउनुपर्छ । पाँच पटक प्रधानमन्त्ती हुँदा उहाँ हरेक पटक अफ्ठेरो समयमा हुनुभएको छ । अहिले हामी सांसदहरुले लगेर बनाएको हो नि । उहाँ किन माइलस्टोन, साझा भयो भन्दा उहाँ केही यस्ता खुबी छन् जुन खुबी पोलिटिकल्ली क्रेडिबल छन् । र तमाम कमजोरीका बाबजुद पनि शेरबहादुर देउवा एउटा क्रेडिबल नेता हुनुहुँदो रहेछ ।”
“उहाँ बोलेका कुरा सबै गर्नुहुन्छ । राजनीतिमा भ्रष्टाचारको आरोप त्यतिकै लगाइदिने प्रवृत्ति छ । तर प्रधानमन्त्रीले डिफेन्स गर्नुहुन्छ । केपी ओलीले संसदमा आएर मलाई भ्रष्टाचारी भन्ने, सारा सम्पत्ति राज्यलाई दान दिन्छु भन्नुभयो, डिफेन्स गर्नुभयो । झलनाथ खनालले तपाईलेभन्दा पहिला मैले राज्यलाई दिएको छु भन्नुभयो । अर्कोले त्यसैगरी भन्छ । तर प्रधानमन्त्रीले आफ्नो बारेमा त्यसरी डिफेन्स गर्नुहुन्न ।”
त्यस्तै अन्तर मन्त्रालयमा बोलाउँदा प्रधानमन्त्री पूर्णरुपमा मन्त्रालयको विषयमा मात्र बोल्नुहुन्छ । अरु राजनीतिक विषयमा जानुहुन्न । आफ्नो बारेमा अहिलेसम्म डिफेन्स गरेकै थाहा छैन । तर डिफेन्स नगर्दा कतिपय आरोपहरु भ्रमका रुपमा स्थापित हुने रहेछ । उहाँ क्रेडिबल यस मानेमा कि उहाँले गर्ने भनेको निर्णयप्रति एकदमै इमान्दार हुनुहुन्छ ।