KhabarUjyalo

पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन विधेयक प्रदेशसभाबाट बहुमतले पारित

१८ श्रावण २०७९, बुधबार
पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन विधेयक प्रदेशसभाबाट बहुमतले पारित

धनगढीः सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को संशोधन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ।
बुधबार बसेको प्रदेशसभाको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको असहमतिकाबीच संशोधन विधेयक बहुमतले पारित भएको हो।

यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले पाउने गाडी सुबिधा पाउदै आएकोमा अब संशोधन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकले गाडी सुविधा पाउने भएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo