प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजित सुविधा बाहेकका कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका थिए। त्यहाँ उनले इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका भन्दै कानुनले तोकेका बाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर कटौती गर्न निर्देशन दिएका हुन्।
यस्तै प्रधानमन्त्रीले जनताले सरकारबाट पाउने सुविधाहरू सहज र चुस्त रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
