KhabarUjyalo

कांग्रेसबाट जनताको हितमा काम गर्ने देशभक्तको हत्या हुनसक्छ : ओली

१७ श्रावण २०७९, मंगलवार
कांग्रेसबाट जनताको हितमा काम गर्ने देशभक्तको हत्या हुनसक्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको बताएका छन् । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै ओलीले सो कुरा बताएका हुन ।

‘आज पनि एउटा देशभक्त शान्तिपूर्ण ढंगले जनतालाई गोलबद्ध गरेर जनताको हितमा काम गर्ने देशभक्तको हत्या हुनसक्छ,’ उनले भने,‘नेपाली कांग्रेसले विगतदेखि नै यस्ता देशभक्तको हत्या गर्ने काम गर्दै आएको थियो । अहिले पनि गर्न सक्छ । त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन त गरेको छैन,’ 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo