KhabarUjyalo

विप्लवसहित नेकपाका झण्डै ३ दर्जन नेताहरूमाथि पक्राउ पुर्जी

१६ श्रावण २०७९, सोमबार
विप्लवसहित नेकपाका झण्डै ३ दर्जन नेताहरूमाथि पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले सोमवार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीमाथि हातहतिराय तथा खरखजाना समेतको मुद्धा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्धा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्धा लागेको समेत सूचनामा उल्लेख गरिएको छ । 

उनीमाथि लागेका यी मुद्धाहरूमा म्याद बेपत्ते तामेल भएकाले पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । 

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । 

अदालतले विप्लवसहित पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड लगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo