
धनगढी :परिश्रमी बहुउद्देश्यीय सहकारीले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार सेवा लिंदा विशेष छुट पाउने भएका छन् । परिश्रमी बहुउद्देश्यीय सहकारी र हस्पिटलबीच बिहीबार उपचारमा छुट सम्बन्धी सम्झौता भएको हो ।
हस्पिटलका निर्देशक डा.मोहन साउद र परिश्रमी बहुउद्देश्यीय सहकारीका अध्यक्ष अक्कल बहादुर सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार परिश्रमी बहुउद्देश्यीय सहकारीका शेयर सदस्य, शेयर सदस्यका परिवार र कर्मचारीले माया मेट्रो हस्पिटलमा उपचार गराएमा विभिन्न सेवा शुल्कमा ७.५ देखि २० प्रतिशतसम्म छुट पाउने छन् ।

बिरामीले सहकारीको पहिचान खुल्ने कागज खुलाएमा उक्त छुट पाउन सक्ने अस्पतालले जनाएको छ ।

