धनगढी- सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अत्याधुनिक सेवा विस्तार गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड चोक मेनरोडमा अवस्थित सो अस्पतालले बहीरंग विभाग अन्तगत १२ ,सर्जरी सेवा अन्तरगत ९ र अन्य सेवा ७ सहित अत्याधुनिक सेवा विस्तार गरेको हो ।
वहिरंग विभाग अन्तरगत जनरल मेडिसिन (पेट,छाती,मुटु) सेवा,स्त्री तथा प्रसुती रोग सम्बन्धि सेवा,मानसिक तथा नशा रोग सेवा,नवजात शिशु तथा बाल रोग सेवा रहेको सौभाग्य हस्पिटलका प्रशासन प्रमुख तपराज ओझाले निशाना न्युजलाई जानकारी दिए ।
मृगौला तथा मुत्ररोग,नाक कान घाटी, भिडियो एक्सरे तथा रेडियोलोजी ,हाडजोर्नी तथा नशा,ऐनेस्थेसियोलोजी (क्रिटिकल केयर सेवा) छाला,यौन,कुष्ठरोग तथा सौन्दर्य,फिजियोथेरापी र न्युट्रेशनल ,काउन्सेलिङ, डाईटिसियन सेवा विस्तार गरेको उनले बताए ।
त्यस्तै सर्जरी सेवा अन्तरगत न्युरो,ट्रमा तथा स्पाईन,मुख अनुहार तथा बंगरा,नाक कान घाटी,मृगौला तथा मुत्ररोग,हाडजोर्नी तथा नशा,पाठेघर,महिलाको स्तन,सिजेरियन सेक्सन,एपेन्डिक्स,पथ्थरी,हाईड्रोशिल हर्निया,पाईल्स सम्बन्धि जनरल तथा ल्याप्रोस्कोपीक शल्यक्रिया सम्बन्धीका सेवाहरु विस्तार गरेको उनले बताए।
अन्य सेवाहरुमा अत्याधुनिक प्रयोगशाला,डिलक्स ,क्याविन र सेमी क्याविन २४ सै घण्टा एम्बुलेन्स,गुणस्तरीय सफा क्यान्टिन एनआसियु,आईसियु,आधुनिक अप्रेसन थेटर र २४ सै घण्टा युएसजी एक्सरे सेवा पनि दिने गरेको उनले बताए । ‘हामी छिटै अन्य सेवा पनि थप्न लागेको छौँ’ उनले भने ‘एम्बुलेन्स,सिटी स्क्यान मेसिन आउने तयारीको अवस्थामा छन ।’ अस्पतालमा सुदूरपश्चिमका अन्य अस्पतालभन्दा सो अस्पतालमा बिशेषज्ञ चिकित्सक बढी कार्यरत रहेको उनको भनाइ छ ।