काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने जिम्मेवारी दिएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । नेपाली राजनीतिमा शालीन र वैद्धिक नेताको छवि बनाएका लेखकलाई गृह प्रशासनमा खरो उत्रिनुपर्ने चुनौती छ ।
लेखक २०७९ को चुनावमा कञ्चनपुर–३ बाट बिजयी भएका थिए ।