KhabarUjyalo

कांग्रेसको समर्थनमा ओलीले गरे राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश

३० असार २०८१, शनिबार
कांग्रेसको समर्थनमा ओलीले गरे राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निवास शीतलनिवास पुगेर प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेश गरिएको हो । संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन् । शुक्रबार राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा शुक्रबारनै पेश गरिएको हो ।

संसदमा कांग्रेसका ८८ र एमालेका ७७ जना सांसद छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo