काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका माफिया शक्तिले एमाले र कांग्रेसलाई मिलाउन सफल भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारको सुशासनबाट आत्तिएको समूहले दुई दल मिलाएको दाबी गरेका हुन् ।
उनले भने–‘हिजो कानुन माथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।