काठमाडौं- भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । गृहमन्त्री र गृहसचिवको नामै लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने विष्टलाइलाई बिहीबार पक्राउ गरिएकाे हाे ।
उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएकाे अनुसन्धानबाट खुलेकाे छ । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै भिजिट भिसामा जान लागेकालाई नरोक्न दबाब दिएका थिए ।
तर, प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरेर मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो ।
त्यस्ताे काम गर्ने गरेकाे भेटिएपछि ०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका थिए ।