KhabarUjyalo

कैलालीमा अचेत भेटिएका २ पुरुषको मृत्यु

२७ असार २०८१, बुधबार
कैलालीमा अचेत भेटिएका २ पुरुषको मृत्यु

धनगढी : कैलालीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ।

मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टा छुट्टै ठाउँमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ।

विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए।  इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

त्यसैगरी अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए।

उनलाई इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo