KhabarUjyalo

कञ्चनपुरमा घर डुबान हुँदा ७ महिने शिशुको मृत्यु

२५ असार २०८१, सोमबार
कञ्चनपुरमा घर डुबान हुँदा ७ महिने शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको हो ।

सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन् । जिल्लाका महाकाली लगायतका नदीमा पानीको बहाव बढेपछि आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली आसपासका कैयौं बासिन्दाहरुलाई सुरक्षित ठाउँमा राखिएको छ ।

भीमदत्त नगरपालिका–१८ का २ सय ५०, पुनर्वास नगरपालिकाको त्रिभुवन वस्तीका ६० र दोधारा चाँदनीमा ७२ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo