KhabarUjyalo

आज २०८१ साल असार २३ गते आइतबारको राशिफल

२४ असार २०८१, आईतवार
आज २०८१ साल असार २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि

मेष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : प्रतिभाको सम्मान हुनेछ। सहयोगी धेरै छन्। जिम्मेवारी बढ्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथले दिन रमाइलो हुनेछ।

मिथुन : दीर्घकालीन योजना बनाउने दिन छ। तपाईंले खराब सोचेका साथीलेसमेत सहयोग गर्नेछन्। महत्त्वकांक्षी साथीसँग सचेत बन्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा आँट गरेमा सफलता मिल्नेछ। परिवारसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो होला।

कर्कट : मन शान्त हुनेछ। नयाँ काम र संगतले हौसला मिल्नेछ। रोकिएर रहेका काम सुरु हुनेछन्। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा बुझाबुझ नहुँदा खटपटी हुनसक्छ।

सिंह : सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा बौद्धिक छलफल हुनेछ। जसले दिन उत्साहपूर्ण बनाउने छ।

कन्या : प्रेम सम्बन्धमा सफलता मिल्नेछ। साथीसँगको भेटले खुशी मिल्नेछ। थालेको काममा सन्तोष मिल्नेछ। बिर्सने बानीले महत्तवपूर्ण काम छुट्नेछ। परिवारसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुला : चुनौतीको सामना गर्नुपर्ने दिन छ । मनमा नकारात्मक सोचको विकास हुनेछ। काम नबन्ने जोखिम हुन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ। आफ्नो कामका लागि संघर्ष गर्नु महत्त्वपूर्ण हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन रमाइलो छ। नसोचेका व्यक्तिसँग कार्यगत एकता हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। धेरै समय रोकिएका काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ।

धनु : ठुलो काम गर्नु अगाडि बुद्धिको प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँनयाँ सोचले साथीको साथ र सहयोग प्राप्त हुनेछ। भुलेर पनि उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेशमै गरेको लगानीबाट नाफ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : अशुभ समाचारले दुःखी बन्नुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भ : खराब मानिससँग संगत हुनसक्छ। आरोपको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाब रहने देखिन्छ।

मीन : मनमा चिन्ता बढ्नेछ। नजिकका व्यक्तिसँग मनमुटाब हुनेछ। बोलीमा सुधार गर्नु राम्रो हुन्छ। एकल प्रयासले अगाडि बढाएको क्षेत्रबाट आम्दानी बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo