KhabarUjyalo

५ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१५ श्रावण २०८०, सोमबार
५ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ — भारतको केरलामा ५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार केरलाको एर्नाकुलम जिल्लामा ५ वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले २९ वर्षीय पुरुषलाई बलात्कार र हत्या आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले आरोपितलाई १४ दिनका लागि हिरासतमा पठाएको छ । आरोपित अशफाक आलम मूलतः बिहारका बासिन्दा हुन् भने उनी एक्लैले घटना गराएको त्यहाँको प्रहरीले जनाएको छ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार आइतबार बालिकाको शवलाई अन्तिम संस्कारअघि विद्यालयमा राखिएको थियो, जहाँ राजनीतिज्ञ, समाजसेवीलगायत सयौं मानिस भेला भएका थिए । बालिकाका आफन्तले शुक्रबार बालिका बेपत्ता भएको भन्दै उजुरी दिएपछि आरोपित अश्फाकलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार घटनास्थलको सीसीटीभी भिडिओमा अभियुक्त देखिएका छन् । मृतक बालिकाका आमाबुवा पनि बिहारका आप्रवासी मजदुर हुन् । बालिका कक्षा १ मा पढ्थिन् । रिपोर्टअनुसार बालिका अपहरण हुँदा उनका बुवा काममा गएका थिए भने आमा घरायसी काममा व्यस्त थिइन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo