KhabarUjyalo

जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रास्वपाका सांसदद्वारा रिट

१४ श्रावण २०८०, आईतवार
जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रास्वपाका सांसदद्वारा रिट

काठमाडौं । निर्वाचन आयोगविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार जना सांसदले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालतमा रिट दिएका हुन् ।

रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिटमा आफूहरुले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको समेत दाबी गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको भन्दै आयोगले २४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको समेत उनीहरुले रिटमा उल्लेख गरेका छन् । आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न उनीहरुको माग छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo