KhabarUjyalo

ब्वाईफ्रेन्ड भेट्न प्रेमिका गाउँभरकै बिजुली बन्द गर्थिन्, गाउँलेले भेटेपछि ‘राम धुलाई’ !

२ श्रावण २०८०, मंगलवार
ब्वाईफ्रेन्ड भेट्न प्रेमिका गाउँभरकै बिजुली बन्द गर्थिन्, गाउँलेले भेटेपछि ‘राम धुलाई’ !

प्रेममा मान्छेले के के गर्न सक्छ ? प्रेमी-प्रेमिकाले एक अर्काका लागि के गर्न सक्छन्  ? भारतमा एउटा अनौठो घटना बाहिर आएको छ । 

एक प्रेमिकाले प्रेमीलाई भेट्न सारा गाउँकै विद्युत बन्द गर्ने गरेको घटना सार्वजनिक भएको छ । घटना बिहारको चम्पारण जिल्लाको बेतिया भन्ने ठाउँको हो । 

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार गाउँको बिजुली बन्द गरेपछि अध्यारोमा उनीहरूले प्रेमालाप गर्ने गरेका थिए । 

ती

 युवतीले गाउँमा बिजुली सप्लाई हुने बिजुली ट्रान्फर्मरमा रहेको एबी (एयर ब्रेक स्विच)मार्फत् बन्द गर्ने गरेकी थिइन् । बिजुली बन्द भएपछि उनीहरूले भेट्ने गरेका थिए । 

घटना चार दिनअघि बाहिर आएको हो । लगातार बिजुली जान थालेपछि गाउँलेहरू चनाखो बनेका थिए । रातभर अध्यारो हुँदा गाउँमा चोरीका घटना पनि बढेका थिए । 

यसैक्रममा जुलाई १४ मा राति अध्यारोमा ती युवायुवती भेटिरहेको फेला पारेपछि सबै तथ्य खुलेको हो । उनीहरूलाई रंगे हात फेला पारेपछि गाउँलेले कुटपिटसमेत गरेका थिए । गाउँलेले युवकलाई बढी पिटेका थिए । 

गाउँलेहरूले ती युवकलाई पछि प्रहरीकोमा बुझाएका थिए । प्रहरीमा भने युवक र युवतीबीच विवाह गर्ने सहमति भएपछि उनलाई छोडिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo