वेल्स- बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्बजनिक भएको छ ।
ती बिरामीसँग सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।
नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरू पार्किङस्थलमा पुगेका थिए, उनीहरूले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।
ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र यौन सम्पर्क गर्दागर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो। मिडिया रिपोर्ट द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।
नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो ।
मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए । तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।
नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाई पनि हृदयघात भएको बारेमा जानकारी नदिइ लुकाएकी थिइन् । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाई बोलाएका थिए ।
द टेलिग्राफका अनुसार नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन् । उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरूमा सम्बन्ध अस्विकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन् र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।
