KhabarUjyalo

आदिपुरुषका लेखकले भने- हात जोडेर नि:शर्त माफी चाहन्छु

२३ असार २०८०, शनिबार
आदिपुरुषका लेखकले भने- हात जोडेर नि:शर्त माफी चाहन्छु

काठमाडौं, २३  असार । भारतीय चलचित्र चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तासिरले माफी मागेका छन् । । शनिबार ट्विटरमार्फत् उनले फिल्मबाट जनभावनामा चोट पुगेको स्वीकार गर्दै क्षमायाचना गरेका हुन्।

ओम राउतको फिल्म आदिपुरुष रिलिजयता भारतसहित नेपाल र श्रीलंकामा यसको व्यापक विरोध भयो। फिल्मका संवादलाई लिएर दर्शकहरूले फिल्मको आलोचना गरेका थिए। लेखक मुंतशिरले विवादपछि नेपाल भारतकै हिस्सा थियो भन्ने अभिव्यक्तिले फिल्म थप आलोचित बनेको थियो। आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु ।

मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निस्शर्त माफी चाहन्छु, उनले लेखेका छन्, भगवान बजरंग बलीले हामी सबैको कल्याण गरुन्, हामीलाई एक र अटूट रहने र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरून्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo