KhabarUjyalo

 पुनः एकपटक देशको प्रधानमन्त्री हुने इच्छा छ : प्रचण्ड

१४ श्रावण २०७९, शनिबार
 पुनः एकपटक देशको प्रधानमन्त्री हुने इच्छा छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।

शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताउनु भयो  ।

उहाँले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताउनु भयो । अध्यक्ष दाहालले पालिका तहको चुनावको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको चुनावमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो । उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo