काठमाडौं– नेकपा एमालेका सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन्।
प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएको उनले टिप्पणी गरे। प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरे सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने धामीले बताए।
