KhabarUjyalo

पदबहाली गर्दै उपसभामुख भुसालले भनिन् , ‘प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास’

१ श्रावण २०७९, आईतवार
पदबहाली गर्दै उपसभामुख भुसालले भनिन् , ‘प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास’

प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने प्रतिक्रिया दिएकी छन् ।

आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको महशुस गरेको  बताएकी छन्  ।

‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु’,उनले भनिन्, ‘र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ । तीन चार महिना जति समय छ, त्यो समय मेरो लागि अत्यन्त महत्वपूर्ण रहनेछ ।’

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo