KhabarUjyalo

देउवाले कार्यक्रममै थर्काएका युवा डडेल्धुराबाट देउवासँगै भिड्ने, प्रधानमन्त्री बन्ने दावी !

१ श्रावण २०७९, आईतवार
देउवाले कार्यक्रममै थर्काएका युवा डडेल्धुराबाट देउवासँगै भिड्ने, प्रधानमन्त्री बन्ने दावी !

काठमाडौ : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिष्पर्धा गर्ने इन्जीनियर सागर ढकालले घोषणा गरेका छन् ।

५ बर्ष अघि प्रधानमन्त्री देउवाले साझा सवाल कार्यक्रममा तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काएका तिनै व्यक्ति संघिय चुनावमा डडेल्धुराबाट देउवालाई चुनौती दिने बताएका छन् ।

बिबिसीको कार्यक्रम साझा सवालमा देउवालाई नेपालमा अस्फोर्डमा पढेको प्रधानमन्त्री कहिले बन्छन् भन्दै ढकालले प्रश्न गर्दा देउवा जंगिएर तपाई बढ्ता बोल्दै हुनुहुन्छ यहाँ कहाँबाट ल्याउँने अक्सफोर्डमा पढेको मान्छे ? भन्दै जंगिएका थिए । अहिले तिनै युवा ढकाल आफैँ अक्सफोर्डमा गएर पढेर फर्किएका छन् र देउवासँग चुनावी मैदानमा होमिने घोषणा गरेका छन् ।

डडेल्धुराबाट देउवालाई हराएर आफु सांसद मात्रै बन्न नभइ प्रधानमन्त्रीनै बन्ने दाबी गरेका छन् । मान्च,मारेर आएका हजुरबुबा र ढुङ्गामुड्डागरेर राजनीतिमा आएका बुवाका उमेर काम नभएको अब ४० बर्ष उमेरका युवाले नेतृत्व आवश्यक रहेको बताए ।भएकउनले यस पटक देउवालाई सम्मानका साथ विदा गरेर वृद्धाभत्ता खुवाउँने पनि भनेका छन् । देशैभरीको १६५ वटा निर्वाचन क्षेत्रमानै युवा उमेदवार उठाउँने र उनीहरुलाई जिताएरु आफु प्रधानमन्त्री बन्ने बताएका छन् । ढकालले केही दिन अघि आफ्नो उमेदवारी बारे सामाजिक संजालबाट घोषणा गरेका थिए ।

‘मेरो प्रधानमन्त्रीको लागि आवेदन डडेलधुरा शेरबहादुरको क्षेत्रबाट उठ्ने आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौ। मैले हालका प्रधानमन्त्री शेरबहादुरको डडेलधुराको क्षेत्रबाट चुनावमा उठी उहाँलाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्ता सहित आराम दिने निर्णय गरेको छु। म संसद्मा त जान्छु नै तर १६५ क्षेत्रमा मजस्ता युवाहरूले पनि मरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा छ हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ – बाकि १६५ क्षेत्रबाट उठ्ने युवा उम्मेदवारहरूलाई सुम्पिन चाहन्छौ। निकै गाह्रो छ तर हजुरहरू सबैको साथ भएमा असंभव भने छैन। विस्तृत प्रधानमन्त्रीको आवेदन भिडियोमा। २५० बर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०-७० बर्षे दलतन्त्र फालेर जनतन्त्रअबको क्रान्ति बुलेटबाट होइन ब्यालेटबाट!’ लेखेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo