KhabarUjyalo

हामी कसैका दास होइनौँ, लागेका कुरा भन्छौँ हामी बोल्छौँ : कोइराला

३२ असार २०७९, शनिबार
हामी कसैका दास होइनौँ, लागेका कुरा भन्छौँ हामी बोल्छौँ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले गलत गर्दा बोल्नुपर्ने बताएका छन् ।

शनिबार दिउँसो गैँडाकोटमा डा. कृष्णप्रसाद पौडेलको पुस्तक ‘लय छुटेको समय’ को विमोचन गर्दै नेतान कोइरालाले आफूहरू कसैको दास नभएको बताएका हुन् । डा. पौडेल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

कोइरालाले अहिलेको नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउनका लागि आफूहरू लडिरहेको बताए । ‘नेतृत्वलाई गलत गर्‍यौँ भनेर भन्न सकेनौँ भने तिमीहरू दास हौ भन्नु भएको थियो बीपी कोइरालाले । हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ हामी बोल्छौँ । र नेतृत्वलाई करेक्सन गर्ने बाटो भनेन भने त नेतृत्वले जे पनि गर्छ,’ कोइरालाले भने, ‘कांग्रेसमा विधान छ त्यो विधानलाई टेकेर अगाडि बढ्न हामीले भनेका छौँ । विधिसम्म तरिकाले हिँड्नुहोस् भनेका छौँ । न्यायोचित तरिकाले वितरण होस् भनेका छौँ । कसैलाई काखा कसैलाई पाखा नगरौँ भनेका छौँ ।’

त्यस्तै फरक प्रसंगमा कोइरालाले कांग्रेस र कम्युनिस्टबीचको गठबन्धन नमिलेको जस्तो देखिएको पनि टिप्पणी गरे । समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको उल्लेख गर्दै उनले विचार मिल्नेहरूसँग तालमेल र गठबन्धन हुनुपर्ने बताएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo