काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा शीर्ष नेताहरुको नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेको विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुबाहेकको विकल्प नभएका बताएका थिए । प्रधानमन्त्री देउवाले नैतिक रुपमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताए ।
