Khabar Ujyalo

बाबुराम भट्टराईसहित नौ नेतालाई पार्टीबाट निष्काशीत !

३० असार २०७९, बिहीबार
बाबुराम भट्टराईसहित नौ नेतालाई पार्टीबाट निष्काशीत !

जनता समाजवादी पार्टी फुटतिर लाग्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजना नेताहरुलाई पदमुक्त गर्ने निर्णय अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको बैठकले गरेको छ।

दुई दिनदेखि जारी बैठकले कार्यकारिणी सदस्यहरु डा. भट्टराई, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रमेश यादव, डम्बर खतिवडा, गोविन्द चौधरी र महिन्द्र राय यादवलाई पदबाट हटाउने निर्णय गरेको हो।

जसपाका एकजना नेता रकम चे‍मजोङका अनुसार काठमाडौं भेलामा सहभागी ती नेताहरुलाई पार्टी अनुशासन उलंघन आरोपमा जिम्मेवारीबाट हटाउने निर्णय भएको हो।

अर्का अध्यक्ष उपेन्द्र यादवसँगको विवादले पार्टी विभाजनतिर गइरहँदा डा. भट्टराईले मंगलबार काठमाडौं आफ्नो पक्षको बैठक राखेका थिए।

अल्पमत कार्यकारिणी सदस्यसँगै उक्त बैठकमा अल्पमत केन्द्रीय सदस्य मात्रै सहभागी भएका थिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.