KhabarUjyalo

उपसभामुख निर्वाचन: आज मनोनयन दर्ता

३० असार २०७९, बिहीबार
उपसभामुख निर्वाचन: आज मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

जसका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि ३ वर्षदेखि यो पद रिक्त छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo