धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट आजै पास हुने भएको छ । बजेटमाथिको छलफल सकेर स्थगित भएको संसद् बैठक केहीबेरमा फेरि बस्दैछ ।
सो बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ ।
सरकार र एमालेबीच आज सहमति भएसँगै बजेट पारितको प्रक्रिया अगाडि बढेको हो ।
प्रतिपक्षी दलले राखेको १४ बुँदे मागमा प्रदेश सरकारले सहमति गरेपछि बजेटमा छलफल सुरु भएको थियो।
