KhabarUjyalo

पुर्वप्रधानमन्त्री ओलीले भने- नेपाल श्रीलंकाकै स्थितिमा पुग्ने भयो 

२७ असार २०७९, सोमबार
पुर्वप्रधानमन्त्री ओलीले भने- नेपाल श्रीलंकाकै स्थितिमा पुग्ने भयो 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिका कारण नेपालको आर्थिक स्थिति पनि श्रीलंकाकै जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने संकेत देखाएको बताए ।

अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउने बताउँदै उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताएका । ‘हतियार खरिद न रक्षामन्त्री र अर्थमन्त्रीले नै गर्न सक्छ, न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले नै गर्न सक्छ’ उनले भने, ‘अर्थमन्त्री एउटैको पनि चल्दैन ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo